images
images

बैतेश्वरमा चुनावी प्रतिस्पर्धाःपुराना अनुहारसँग नयाँ पुस्ता भिड्दै

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनमा त्रीपक्षीय चुनावी प्रतिस्पर्धा हुँदैछ ।

बैतेश्वरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धन दल र नेकपा एमाले तथा नेपाली काँग्रेसबीच त्रीपक्षीय प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचनमा माओवादी र एसको तर्फबाट पालिका अध्यक्षमा युवा नेता लक्ष्मण खड्कालाई अघि सारिएको छ भने नेपाली काँग्रेसबाट छवि लामा र नेकपा एमालेले माधव प्रसाद घिमिरेलाई चुनावी मैदानमा उतारेको छ । जसमा दुई जना पुरानै अनुहारका छन् भने एक जना नयाँ अनुहारका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका युवा उम्मेदवार खड्का नयाँ अनुहारका छन् । उनी लामो समय पत्रकारिता क्षेत्रमा रहेर माओवादी केन्द्रको राजनितिमा पनि सक्रिय रहँदै आएका व्यक्ति हुन् । उनलाई पछिल्लो समय युवाहरु र समुदायले रुचाएका छन् ।

सामाजिक काममा समेत योगदान रहेको खड्कालाई पार्टीले निर्णय गरेर उम्मेदवार बनाएको छ भने काँग्रेससँग गठबन्धन टुटेपछि उनले अध्यक्ष पदमा लड्ने मौका पाएका छन् । यसअघि सत्ता गठबन्धनको भागवण्डाको क्रममा बैतेश्वरमा कांग्रेसलाई पालिका अध्यक्ष र माओवादीको भागमा उपाध्यक्ष परेको थियो ।

बैतेश्वरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धन दल र नेकपा एमाले तथा नेपाली काँग्रेसबीच त्रीपक्षीय प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचनमा माओवादी र एसको तर्फबाट पालिका अध्यक्षमा युवा नेता लक्ष्मण खड्कालाई अघि सारिएको छ भने नेपाली काँग्रेसबाट छवि लामा र नेकपा एमालेले माधव प्रसाद घिमिरेलाई चुनावी मैदानमा उतारेको छ । जसमा दुई जना पुरानै अनुहारका छन् भने एक जना नयाँ अनुहारका छन् ।

तर, उम्मेदवारी दर्ता गर्ने क्रममा काँग्रेसबाट माओवादीको भागमा परेको उपाध्यक्षमा पनि स्वतन्त्र उम्मेदवारी परेपछि गठबन्धन टुटेको थियो । त्यसपछि दुई पार्टीबीचको गठबन्धनबाट लक्ष्मण खड्का अध्यक्षका उम्मेदवार बन्दा एकीकृत समाजवादीबाट कल्याण दाहाललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । पालिका अध्यक्षको तीन जना प्रतिस्पर्धीमध्ये खड्का बलियो दावेदार मानिन्छ । पछिल्लो पटक खड्काको पक्षमा बैतेश्वर गाउँपालिकामा जनलहरनै उर्लिएकोे छ । विकाश र समृद्धिका लागि जुझारु युवा उम्मेदवारको आवश्यकता औल्याउँदै धेरै बैतेश्वरबासी खड्काको पक्षमा उभिएका छन् । बैतेश्वरमा व्यक्तिगत हैसियतले केही सामाजिक काम गरेपनि खड्काले सत्ता र सरकारमा रहेर काम गर्ने मौका पाएका छैनन् ।

बैतेश्वरमा व्यक्तिगत हैसियतले केही सामाजिक काम गरेपनि खड्काले सत्ता र सरकारमा रहेर काम गर्ने मौका पाएका छैनन् । अर्का दुई जना उम्मेदवारको भने एक/एक पटक जनताले जाँच गर्ने मौका पाइसकेको छ । कांग्रेसका उम्मेदवार छवि लामाले संघीयतापछि बनेको स्थानीय तहमा पहिलो पटक अध्यक्ष निर्वाचित भएर काम गरिसकेका छन् ।

अर्का दुई जना उम्मेदवारको भने एक/एक पटक जनताले जाँच गर्ने मौका पाइसकेको छ । कांग्रेसका उम्मेदवार छवि लामाले संघीयतापछि बनेको स्थानीय तहमा पहिलो पटक अध्यक्ष निर्वाचित भएर काम गरिसकेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएर उनले पाँच वर्ष काम गरी एक कार्यकाल सकाइसकेका छन् । सो कारण जनताले उनलाई प्रत्यक्ष मूल्यांकन गर्ने अवसर पाइसकेका छन् । लामालाई २०७४ सालमा बुथ कब्जा गरेर जवरजस्ती निर्वाचन जितेको आरोप पनि छ ।

यस्तै, नेकपा एमालेले उम्मेदवार बनाएका घिमिरे पनि साविकको नाम्दु गाविस अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । यसअघि २०५४ सालमा गाविस अध्यक्ष भएका ढल्किँदो उमेरका घिमेरेलाई पुनः नेकपा एमालेले पालिका अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । उनी नेकपा एमाले फुटेपछि एकीकृत समाजवादी पार्टी पनि बनेसँगै लामो समय कुन पार्टीमा जाने भनी अन्यौलतामा बसेका थिए । लामो समयसम्म मौन बसेका उनी अन्ततः एमालेमा गएका थिए । अहिले उनलाईनै एमालेले उम्मेदवार बनाएको हो ।