images
images

कांग्रेस दोलखाद्धारा थप तीनजनालाई कारवाही

  • २० बैशाख २०७९, मंगलवार १२:००

जिरी (दोलखा) । नेपाली कांग्रेस दोलखाले जिल्ला कार्य समिति तथा विभिन्न भुमिकामा रहेका थप तीन जनालाई कारवाही गरेको छ ।

कांग्रेस दोलखाले आज विज्ञप्ती जारी गर्दै थप तीन जनालाई कारवाही गरिएको जानकारी गराएको हो । जसअनुसार गौरीशंकर गाउँपालिका वडा नम्बर १ का ज्ञानबहादुर जिरेल, शैलुङ गाउँपालिका ५ का मनोज कार्की र शैलुङ ५ कै षस्टिका कार्कीलाई कारवाही गरिएको हो । जिल्ला कार्यसमिति तथा अन्य विभिन्न भुमिकामा रहेका उनीहरुले पार्टीको विधि विधान विपरित आसान्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य पार्टीलाई मद्धत पुग्ने कार्य गरेको ठहर गर्दै आजदेखि काँग्रेसको साधारण सदस्य समेत नहरने गरी कारवाही गर्दै पार्टीबाट निष्कासन गरिएको कांग्रेस दोलखाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

केहि दिन अघि मात्रै नेपाली कांग्रेस दोलखाले ५ जना नेताहरुलाई भविष्यमा समेत नेपाली कांग्रेस हुन अयोग्य ठहरिने गरि पार्टीबाट निष्कासन गरेको थियो ।