images
images

यो पटक जनताले गठबन्धनलाई रोज्नेछन्, कालिञ्चोकका अध्यक्षका उम्मेदवार शिवाकोटी

  • २० बैशाख २०७९, मंगलवार १३:४६

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद शिवाकोटीले स्थानीय तहको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै कालिञ्चोक गाउँपालिकाका अध्यक्षका उम्मेदवार शिवाकोटीले गठबन्धनको पक्षमा राम्रो माहोल रहेकाले सहजै जित हुने दावी गर्नुभएको हो । नेकपा एमाले नेतृत्वको सरकारले अघिल्लो निर्वाचनमा जित हात पारेपछि गरेको विकृति, भ्रष्टाचार जस्ता गतिविधि जनताले स्पष्ट देखेकाले त्यसको राम्रो मुल्यांकन गर्ने हुँदा निर्वाचनमा आफुहरुको जित निश्चित हुने उहाँले दावी गर्नुभयो । अघिल्लो निर्वाचनमा एमालेले जित हासिल गरेपनि ५ वर्षसम्म गाउँपालिकाको केन्द्र बनाउन नसकेको, विकास निर्माणमा गुणस्तरीय काम गर्न नसकेको र व्यक्तिवादी भएर काम गरेका कारण निर्वाचनमा कमजोर देखिएको शिवाकोटीले बताउनुभयो । नेकपा एमालेले ५ वर्षसम्म नीतिगत भ्रष्टाचार गरेको र जनचाहना अनुसार काम नगरेका कारण जनताले यो पटक गठबन्धनलाई रोज्ने उहाँको भनाई छ ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद शिवाकोटीले स्थानीय तहको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ । गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । जनताले आफुलाई ५ वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा आफ्नो सम्पुर्ण समय कालिञ्चोकको हक हितका लागि समर्पित गर्ने प्रतिवद्धता जनाउनुभयो । 

अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद शिवाकोटीले निर्माण व्यवसायी भएर बटुलेको अनुभव लागु गरी कालिञ्चोकको विकास गर्न आफु चुनावी मैदानमा आएको उल्लेख गर्नुभयो । गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । साथै, उहाँले गठबन्धन भन्दा बाहिर गएमा आफ्ना दलका कार्यकर्तालाई कारवाही गर्ने चेतावनी समेत दिइएको जानकारी दिनुभयो ।

उहाँले जनताले आफुलाई ५ वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा आफ्नो सम्पुर्ण समय कालिञ्चोकको हक हितका लागि समर्पित गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै सरकारी सेवा सुविधा नलिई जनताको हितमा समर्पित हुने, जनभावना अनुसार समान रुपले गाउँको विकासमा जोड दिने बताउनुभयो । उहाँले कालिञ्चोकको विकासका लागि सडक १२ महिनानै सञ्चालन गर्ने वातावरण बनाउने, विद्युतीकरण गर्ने, खानेपानीको समस्यालाई समाधान गर्ने, सडकको स्तोन्नती गर्ने, गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै, आधुनिक कृषिप्रणालीको विकास गर्न कृषि क्षेत्रमा अनुदानको व्यवस्था, व्यवसायीक पशुपालनमा जोड दिने तथा औद्योगीकरण गर्ने योजना रहेको र सोहीअनुसारको संरचना बनाएर अघि बढ्ने शिवाकोटीको भनाई छ ।