दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धन दलले शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा भौतिक निर्माणलाई जोड दिँदै साझा प्रतिवद्धतापत्र जारी गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी जसपा आवद्ध गठबन्धन दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रतिवद्धतापत्र जारी गरेको हो । गठबन्धनले घर घरमा खानेपानीको धारासहितको स्वच्छ पानी व्यवस्था गर्ने, कृषियोग्य भुमिमा सिँचाइको व्यवस्था गर्नुका साथै सबै माध्यमिक विद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई आवासीय सुविधामा पठन पाठनको व्यवस्था गर्ने, प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरी १० जनालाई एमबीबीएस, इन्जिनियर, सिए जस्ता दक्ष जनशक्ति उत्पादनका लागि छात्रवृत्ति व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।यस्तै स्वास्थ्यको क्षेत्रमा पालिकाको प्रत्येक स्वास्थ्य चौकीमा एम्बुलेन्स व्यवस्था गर्ने, हरेक स्वास्थ्य चौकीमा दिर्घ रोगी (सुगर, उच्च रक्तचाप) जस्ता रोग परीक्षणका लागि प्रयोगशाला स्थापना र औषधी व्यवस्था गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
सडकको पहुँचबाट बाहिर रहेको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ को टासिनाम, सिमिगाउँ, रिगुसम्म सडक निर्माण गर्ने, प्रत्येक टोल बस्तीबाट वडा कार्यालयसम्म पुग्ने सहज पहुँच मार्ग बनाउने, ९ वटै वडाबाट गाउँपालिका केन्द्रसम्म पुग्ने द्रुत मार्ग निर्माण गर्ने उल्लेख गरिएको छ । गौरीशंकर गाउँपालिकाको छ्योत्छ्योत–सिमिगाउँ हुँदै बेदिङ– ना गाउँसम्म केबलकार निर्माण गर्ने र चंखु–कोयाङभञ्याङ, स्यामा, सडक जोड्ने गठबन्धनले प्रतिवद्धता जनाएको छ । प्रतिबद्धतापत्रमा कृषि तथा पशुपालनको क्षेत्रमा खाली र बाँझो रहेका जग्गा सदुपयोग गर्ने नीति लिइ खेती गर्ने अभियान सञ्चालन गर्ने, प्रत्येक वडामा चिस्यान केन्द्रको व्यवस्था गर्ने, उत्पादित कृषि सामग्रीको बजार व्यवस्था गर्ने, बीऊ विजन, आलु तथा तरकारी फलफूल भण्डारणका लागि शितभण्डार व्यवस्था गर्ने उल्लेख गरिएको छ । साथै बाँदर, दुम्सी मृर्ग जस्ता जनावरले बालीनालीमा पु¥याउने क्षतिपूर्तिका लागि कार्यविधि बनाएर व्यवस्था गर्ने, वडा–वडामा माटो परीक्षण घुम्ती सेवा र रोगकिरा नियन्त्रण अभियान सञ्चालन गर्ने गठबन्धने दलले प्रतिबद्धता जनाएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धन दलले शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा भौतिक निर्माणलाई जोड दिँदै साझा प्रतिवद्धतापत्र जारी गरेको छ । गठबन्धनले घर घरमा खानेपानीको धारासहितको स्वच्छ पानी व्यवस्था गर्ने, कृषियोग्य भुमिमा सिँचाइको व्यवस्था गर्नुका साथै सबै माध्यमिक विद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई आवासीय सुविधामा पठन पाठनको व्यवस्था गर्ने, प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरी १० जनालाई एमबीबीएस, इन्जिनियर, सिए जस्ता दक्ष जनशक्ति उत्पादनका लागि छात्रवृत्ति व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।
गौरीशंकर गाउँपालिकामा गठबन्धन दलले एक घर एक रोजगारको व्यवस्था गर्ने, गाउँपालिका भित्र सञ्चालन हुने जलविद्युत आयोजना, उद्योग, विकास निर्माणका कामका लागि उपलब्ध भएसम्म गाउँपालिका भित्रै दक्ष जनशक्ति प्रयोगमा जोड दिने भएको छ ।यसैगरी, परम्परागत पेशालाई आधुनिकीकरण गराउने, जडीबुटीबाट सञ्चालित उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने र न्यूनतम् ५ जनालाई रोजगार दिने कृषि, पशुपालन तथा वनमा आधारित फार्म वा उद्योगलाई कार्यविधि बनाई अनुदानको व्यवस्था मिलाइने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । पालिकाको सबै बस्तीमा फोजि सेवा सञ्चालनको सुनिश्चित गर्ने, मोबाइलको नेटवर्क नपुगेका बस्तीमा सेवा विस्तार गनुका साथै प्रत्येक वडामा एक खेल मैदान बनाउने र पालिकास्तरीय एक हाईअल्टिच्युड स्टेडिएम बनाउने गठबन्धले प्रतिवद्धता जनाएको छ ।
गौरीशंकरमा गठबन्धन दलले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय क्षेत्र अनुसार जातीय पहिचानका आधारमा संग्रहालय र होम स्टेको व्यवस्था गर्ने, पर्यटकीय स्थलमा सहज रुपले पुग्ने पदमार्गहरु निर्माण गर्ने कार्यक्रममा समेटेको छ । वास्तविक किसान पहिचान गरी परिचय पत्र र किसान पेन्सनको सुरुवात गर्ने, विपद्का कारण टहरामा बस्नु परेका परिवारका घर पुर्ननिर्माण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।