images
images

पूर्व गृहमन्त्री बादलका छोरा बिरुद्ध पनि पक्राउ पुर्जी जारी

  • २० बैशाख २०८०, बुधबार १५:४४

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो। मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ।

पूर्वगृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पनि अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो । उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।