हेटौंडा । बागमती प्रदेशमा आज सर्वलदलीय बैठक बस्दैछ ।
प्रदेश सभा सचिवालयको आह्वानमा आज दिँउसो १ बजे हेटौडामा बैठक बस्ने भएको हो । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रि–बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेशसभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि छलफल हुनेछ ।
सर्वदलीय बैठकका लागि संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई बोलाइएको छ । गत चैत १९ गते बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कटट्लले तेस्रो पटक विश्वासको मत लिएपछि संसद अधिवेशन अन्त्य गरिएको थियो ।










