
जल तथा मौसम बिज्ञान विभागले आगामी साता पानी पर्ने प्रक्षेपण गरेको छ ।
विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्ष हुने उल्लेख छ । मौसमविद्हरुले पश्चिमी न्यूनचापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताएका छन् । अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुने अपेक्षा गरिएको छ । प्रचण्ड गर्मी र तातो हावाका कारण नेपालको जनजीवन प्रभावित भएको छ । लामो समयदेखि पानी नपरेकाले गर्मीसँगै डढेलोका घटनाहरु पनि बढिरहेका छन् ।