भक्तपुर । सार्वजनिक पदाधीकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएसँगै १५ सय ९४ जना पदाधीकारी पदमुक्त हुने भएका छन् ।
अघिल्लो सरकारबाट विभिन्न निकायमा नियुक्ति पाएका विभिन्न १५ सय ९४ जना पदाधीकारीको पदमुक्त हुने भएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजतिनिकि सल्लाहकार असिम शाहले अब अघिल्लो सरकारबाट विभिन्न निकायमा नियुक्ति पाएका विभिन्न १५ सय ९४ जना पदाधीकारी अब एकमुष्टरुपमा पदमुक्त हुने बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै साहले राष्ट्रपति पौडेलले ‘सार्वजनिक पदाधीकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै सबै राजनितिक नियुक्तिहरु एकमुष्ट रुपमा पदमुक्त हुने बाटो खुलेको बताएका छन् ।
सरकारले राष्ट्रपतिसमक्ष सिफरिस गरेका ८ मध्ये ६ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् । जसमा ‘सार्वजनिक पदाधीकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ पनि छ । सो अध्यादेश जारी सँगै वर्तमान सरकारलाई अब संस्थान, प्रतिष्ठान, आयोग, कोष, विश्वविद्यालय, निगम, विमा लगायतका सबै निकायमा नयाँ नियुक्ति गर्न बाटो खुलेको छ ।
संक्रमणकालीन न्याय हेर्ने आयोगका पदाधीकारी नरहने
संक्रमणकालीन न्याय हेर्ने दुई आयोगका पदाधिकारीहरूलाई पनि पदमुक्त हुने भएका छन् । शनिबार जारी भएको राजनीतिक नियुक्तिसम्बन्धी पदाधिकारी पदमुक्त गर्ने गरी ल्याएको अध्यादेशमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरू पदमुक्त हुने व्यवस्था छ ।
अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै दुवै आयोगका ५/५ पदाधिकारी पदमुक्त हुनेछन् । ओली सरकारले उनीहरूलाई नियुक्त गरेको थियो ।
गर्भनर र बैंकिङ पदाधीकारीहरु रहने
नेपाल राष्ट्र बैंकका गर्भनर र सरकारी बैंकमा नियुक्ति भएका पदाधीकारीहरुलाई भने असर पर्नेछैन । ११० वटा कानुन संशोधन हुने गरी जारी भएको अध्यादेशमा नेपाल राष्ट्र बैक ऐन परेको छैन जसका, कारण गर्भनर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत् रहनेछन् । कतिपयले राजनितिक नियुक्ति खारेजीमा नेपाल राष्ट्र बैंकका गर्भनर पनि पदमुक्त हुने आँकलन गरेका थिए ।
तीनवटा सरकारी बैंकका पदाधिकारीहरुलाई पनि अध्यादेशले प्रभाव पार्नेछैन । नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ) लगायतका पदाधिकारीहरुको सरकारले नियुक्ति गर्छ ।










