images
images

कोरियामा कामदार पठाउन स्थानीय तहलाई रोक

  • २० जेष्ठ २०७९, शुक्रबार १६:००

काठमाडौं । सरकारले स्थानीय तहलाई कोरियामा कामदार पठाउन रोक लगाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गर्दै स्थानीय तहलाई कोरियामा कामदार पठाउन रोक लगाएको हो । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियम, व्यवस्थापन र कल्याणकारी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट भएको पत्रमा उल्लेख गरिएको छ ।

नेपालका धेरै स्थानीय तहले दक्षिण कोरियाका विभिन्न काउन्टी तथा राज्यसँग भगिनी सम्बन्ध कायम गर्दै ६ महिनासम्म काम गर्ने गरी कृषि क्षेत्रमा कामदार पठाउँदै आएका थिए । कतिपय स्थानीय तह र जनप्रतिनिधिले यसमा आर्थिक चलखेल गर्ने गरेको गुनासो पनि आएको थियो ।