images
images

बोलेरोको ठक्करबाट सिन्धुपाल्चोकका ५ वर्षीय बालकको मृत्यु

  • २० जेष्ठ २०७९, शुक्रबार १६:४६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा बोलेरोको ठक्करबाट सिन्धुपाल्चोकका एक बालकको मृत्यु भएको छ ।

बोलेरोको ठक्करबाट सिन्धुपाल्चोक स्थायी घर भई धनेश्वरमा डेरा गरी बस्दै आएका राम अधिकारीको छोरा ५ वर्षीय आशिष अधिकारीको मृत्यु भएको हो । आज बनेपा–पनौती सडक खण्डअन्तर्गत बनेपा नगरपालिका ७ स्थित धनेश्वरमा बोलेरोले ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

पनौतीबाट बनेपातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ३२९१ नम्बरको बेलेरो गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका बालककोे शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खतिवडाले जानकारी दिनुभयो । प्रहरीका अनुसार बालकलाई ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइएको छ ।