images
images

भारतको ओडिशामा रेल दुर्घटनामा परी दुई सय भन्दा बढीको मृत्यु

  • २० जेष्ठ २०८०, शनिबार ०६:४२

काठमाडौं । भारतको ओडिशा राज्यको लासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ७ जनाको मृत्यु भएको छ भने ९ सय जना घाईते भएका छन् ।

चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस मालवाह रेलसँग ठोक्किएको हो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । बालासोर जिल्लाको बाहानागा बजारस्टेशन नजिकै दुई वटा रेल आपसमा ठोक्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थलमा पुग्नुभएको छ । उहाँले दुर्घटनाप्रति दुख व्यक्त गर्दै सरकारको तर्फबाट मृतकका परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यस्तै उपचारका लागि गम्भिर घाईते भएकाहरुलाई दुई लाख र सामान्य घाईते भएकाहरुलाई ५० हजार उपलब्ध गराउने रेलमन्त्रीले घोषणा गर्नुभएको छ ।