images
images

जंगली च्याउ खाँदा आमा–छोराको ज्यान गयो

  • २० जेष्ठ २०८०, शनिबार ०६:५९

धनकुटामा जंगली च्याउ खाँदा आमाछोराको मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका ३ घर भई हाल धनकुटा नगरपालिका ७ मा डेरा गरी बस्दै आएकी २८ वर्षीया मुना राई र उनका ७ वर्षिय छोरा सचिन राईको जंगली च्याउ खाँदा मृत्युु भएको हो । च्याउ खाएर विरामी परेका उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार आमाछोराले जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जंगलबाट च्याउ ल्याएर खाएका थिए।