images
images

सहकारीमा बेथितिः डाँडाखर्कको जनकल्याण साकोसमा अध्यक्ष र कोषाध्यक्षले गरे ३२ लाख हिनामिना

  • २० जेष्ठ २०८०, शनिबार १८:२६

दोलखा । दोलखाको मेलुङ गाउँपालिका ५ मा रहेको डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका पूर्व अध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका तत्कालीन अध्यक्ष जगदिश्वर थापालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो । डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष थापा र कोषाध्यक्ष विष्णुबहादुर भण्डारीको मिलेमतोमा ३२ लाख २० हजार ८ सय २९ रुपैँयामा हिनामिना भएको आरोप छ । त्यसमध्ये भण्डारीले सहकारीको रकम हिनामिना भएको स्विकार गर्दै १६ लाख १० हजार ४ सय १४ रुपैँयाको चेक दिएको र बाँकी १५ लाख १० हजार ४ सय १५ रुपैँया सहकारीका तत्कालीन अध्यक्ष थापाले तिर्नुपर्ने दायित्व रहेको संस्थाले जनाएको छ ।

तर, सो रकम आफुले हिनामिना नगरेको दावी गर्दै थापाले रकम तिर्न नमानेपछि सहकारीका अध्यक्ष चेत बहादुर विक, प्रवन्ध निर्देशक यवेन्द्र श्रेष्ठ र कोषाध्यक्ष रामकृष्ण खत्रीले जिल्ला प्रहरी कार्यालय दोलखामा जेठ २ गते उजुरी दिएका हुन् । सोही उजुरीका आधारमा प्रहरीले सहकारीका तत्कालीन अध्यक्ष थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रतिक्रिया दिनुभयो । डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष थापा र कोषाध्यक्ष भण्डारीले २०७७ साल चैत २८ गते सहकारीमा हिनामिना भएको रकम तिर्ने भनी निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिए । तर, सो रकम तिर्न आनाकानी गरेपछि २०७८ साल मंसिर ९ गते बसेको साधाणसभाले सहकारीमा ३२ लाख २० हजार ८ सय २९ रुपैँयामा हिनामिना भएको विषयलाई अनुमोदन गरेको थियो ।

दोलखाको मेलुङ गाउँपालिका ५ मा रहेको डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका पूर्व अध्यक्षलाई नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका तत्कालीन अध्यक्ष जगदिश्वर थापालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो । डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष थापा र कोषाध्यक्ष विष्णुबहादुर भण्डारीको मिलेमतोमा ३२ लाख २० हजार ८ सय २९ रुपैँयामा हिनामिना भएको आरोप छ ।

त्यसपछि पटक–पटक ताकेता गर्दा पनि हिनामिना भएको रकम तिर्न तत्कालीन अध्यक्ष र कोषाध्यक्षले आनाकानी गर्दै आएको सहकारी सञ्चालकहरुको गुनासो छ । अनियमितताको आरोप लागेका पूर्व कोषाध्यक्ष बिष्णुवहादुर भण्डारीले आफुहरुवाट केही कमजोरी भएपनि संस्थाको रकम अनियमित नगरेको दावी गरेका छन् । लेखापरिक्षण गर्दा कागजात नपुगेको र बेरुजु देखिएको रकम आफुहरुवाट असुल उपर गर्न खोजिएको भण्डारीको भनाई छ । आफ्नो भागमा आएको आधा रकम तिरिसकेको र बाँकी रकम छानविन पुरा भएपछि तोकिए वमोजिम तिर्ने भण्डारीले बताएका छन् ।

सहकारीमा ठूलो रकम घोटाला गरि अध्यक्ष र कोषाध्यक्षले लामो समयसम्म तिर्न अस्विकार गरेपछि प्रवन्ध निर्देशक श्रेष्ठ र वहालवाला कोषाध्यक्ष खत्री जेठ २ गते उजुरी लिएर जिल्ला प्रहरी कार्यालय दोलखामा पुगेका थिए । प्रहरी कार्यालयमा ठाडो उजुरी दिएपछि उनीहरुले जेठ १९ गतेसम्मको समय दिन आग्रह गरेका थिए । तर, उक्त समय सिमामा पनि रकम तिर्न अस्विकार गरेपछि प्रहरीले सहकारीका तत्कालीन अध्यक्ष थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । सहकारीका प्रवन्ध निर्देशक यवेन्द्र श्रेष्ठले जनताले खाइ नखाई राखेको रकम हिनामिना गरि तिर्न अस्विकार गरेपछि बाध्य भएर उजुरी लिएर प्रहरीकोमा पुगेको बताउनुभयो ।

यस्तै, सहकारीका वहालवाल कोषाध्यक्ष रामकृष्ण खत्रीले पनि पटक–पटक ताकेता गर्दा पनि घोटाला भएको रकम नतिरेपछि प्रहरीकोमा उजुरी दिइएको बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेका सहकारीका तत्कालीन अध्यक्ष थापा सहितको टिमले डाँडाखर्क जनकल्याण बचत तथा ऋण सहकारी संस्था स्थापना भएपछि २०५५ सालदेखि २०७२ सालसम्म सहकारीको जिम्मेवारी सम्हालेको थियो । त्यो बीचको १८ वर्षको अवधिमा उनीहरुले सहकारीमा सो रकम हिनामिना गरेको बताइएको छ । सहकारीवाट ३२ लाख भन्दा बढी रकम हिनामिना भएपनि आन्तरिकरुपमा हिसाव मिलान गर्ने गरी सो बिषयलाई गुपचुप राखिदै आएको थियो । रकम असुल हुन नसके पछि बर्षौपछि सहकारीको अनियमितता सार्वजनिक भएको हो ।