दाङ । दाङको तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
आफ्नै साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका–९ पातुखोलाका टोपबहादुर नेपाली गम्भीर घाइते भएका छन् । रिसीबीका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उनको दुवै खुट्टाको घुँडामुनि खुकुरी प्रहार भई गम्भीर घाईते भएका छन् । घाईते भएका नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने सुरज ओली र सन्तोष हमाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।










