
काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् ।
निर्देशक थापा फिल्म प्रसाद २ विवादको मुद्धामा पक्राउ परेका हुन् । वालुवाटारको रोयल अम्पायर होटल परिसरमा आँफै निर्देशित रावायाण को दोस्रो चरणको छायांकन गर्न लागेका निर्देशक थापालाई सोही स्थानबाट पक्राउ गरिएको हो । उनलाई मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरि अनुसन्धानका लागि बौद्ध प्रहरी वृत्तमा पठाएको छ । आफूहरुको मन्जुरीविना फिल्म प्रसाद–२ लाई देश तथा विदेशमा प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले ठगी तथा अपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
थापा प्रसाद–२ का निर्देशक पनि हुन् । निर्देशक थापा पक्राउपछि आजदैखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकन रोकिएको छ ।