images
images

आर्थिक अभावले उपचार नपाएपछि वालिकाले गरिन् आत्महत्या, शव व्यवस्थापनकालागि रकम संकलन गरिदै

  • २१ जेष्ठ २०८१, सोमबार १५:१८

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाकी एक छात्राले आर्थिक अभावका कारण आत्महत्या गरेकी छिन् ।

लामो समयदेखि पेट सम्वन्धी समस्याले बिरामी परेकी कालिञ्चोक गाउँपालिका–६ स्थित लापिलाङ माविकी १४ वर्षीया छात्रा उपासना थामीले हिजो साँझ आत्महत्या गरेकी हुन् । दिउँसो बिधालय गएर घर फर्किएकी उपासना आईतबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । लापिलााङ मावि कक्षा ७ मा अध्ययनरत छात्रा उपासनाले बिधालयवाट घर फर्किएपछि कोही नभएको अवस्थामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरिक्षक जिवन श्रेष्ठले उपासना आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको र प्रारम्भिक अनुषन्धानवाट उनले आर्थिक अभावका कारण आत्महत्या गरेको देखिएको बताउनुभयो । प्रहरी निरिक्षक श्रेष्ठका अनुसार मृतक छात्राको जिव्रो टोकिएर मुखवाट रगत बगेको देखिए पनि घटना प्रकृति हेर्दा आत्महत्या नैं भएको देखिएको छ । भारतमा रहेकी आमाले दोस्रो विवहा गरेपछि बुबा उमेश थामीले उपासनालाईँ करिव ८ बर्षअघि गाउँ लिएर आएका थिए । बुबा उमेशले पनि गत बर्ष दोस्रो विवहा गरेपछि उक्त घरमा कान्छि आमा र उपासना बस्दै आएका थिए । कान्छि आमा मेलामा गएका बेला उनले घरभित्रै आत्महत्या गरेकी हुन् ।

दिउँसो बिधालय गरेर घर फर्किएकी उपासना हिजो साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । लापिलाङका स्थानीय रमेश थामीले उपासनाको परिवारले चरम आर्थिक संकट व्यहोरि रहेको र उनी लामो समयदेखि पेट सम्वन्धी समस्याले बिरामी परेको बताउनुभयो । प्रधानाध्यापक खड्काले पनि उपासनाको आत्महत्याको कारण बिरामी र आर्थिक अभाव हुन सक्ने बताउनुभयो ।

मजदुरी गर्न रुकुम गएका उपासनाका बुबा उमेश अझै जिल्ला फर्किएका छैनन् । परिवारका सदस्य नआएका कारण उनको शवलाई पोष्टमार्टमकालागि चारिकोटस्थित शव गृहमा राखिएको छ । लापिलाङका स्थानीय रमेश थामीले उपासनाको परिवारले चरम आर्थिक संकट व्यहोरि रहेको र उनी लामो समयदेखि पेट सम्वन्धी समस्याले बिरामी परेको बताउनुभयो । स्थानीयका अनुसार करिव एक साताअघि पनि उपासनलाई छाति र टाउको दुख्ने समस्या भएपछि उपचारकालागि चरिकोट लगिएको थियो । लापिलाङ माविका प्रधानाध्यापक दिपक खड्काले उपासना जेहेन्दार र अनुशासित छात्रा भएपनि उनी लामो समयदेखि बिरामी रहेको जानकारी दिनुभयो । प्रधानाध्यापक खड्काले पनि उपासनाको आत्महत्याको कारण बिरामी र आर्थिक अभाव हुन सक्ने बताउनुभयो ।

यसैवीच, चरम आर्थिक संकटका कारण उपासनाको शवको पोष्टमार्टम र व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय थामी समुदायले सहयोग जुटाउन सुरु गरेका छन् । शवको पोस्टमार्टम, घाटसम्म लगेर शवको व्यवस्थापन तथा थामी संस्कार अनुसार मृत्यु सँस्कार गर्नकालागि सहयोग जुटाउन अभियान चलाएको स्थानीय रमेश थामीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ६५ हजार सहयोग जुटिसकेको छ ।