लुम्बिनी प्रदेशमा १२ औँ मन्त्रीको रुपमा कृष्ण केसी थपिएकी छिन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तार गर्दै केसीलाई मन्त्री नियुक्त गरेका हुन् । लुम्विनी प्रदेशमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन मन्त्रालयको संख्या थपेर १२ पु¥याईएको छ । मुख्यमन्त्री महराले केसीलाई आज उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषदलाई पुर्णता दिएका हुन् । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा १ बाट निर्वाचित भएकी थिईन् । २३ चैतमा मुख्यमन्त्री बनेका महराले उर्जा मन्त्रालय आँफैसँग राखेका थिए ।
नवनियुक्त मन्त्री केसीले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला सहित ५, माओवादीबाट मुख्यमन्त्री सहित ३, नागरिक उन्मुक्ति र नेकपा एकिकृत समाजवादीबाट एक÷एक तथा एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् ।