images
images

खाटबाट लडेर रामेछापका १६ महिने शिशुको मृत्यु

  • २१ जेष्ठ २०८१, सोमबार १७:२५

भक्तपुर । रामेछापका १६ महिने शिशुको खाटबाट लडेर मृत्यु भएको छ ।

रामेछाप नगरपालिका ३ की सरु खड्काको १६ महिने छोरा सम्राट खड्काको खाटबाट लडेर मृत्यु भएको हो । खाटमा खेल्ने क्रममा लडेर गम्भिर घाईते भएका शिशुको आज दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिका १० कमलविनायक बस्दै आएकी खड्काको १६ महिने शिशु आज बिहान करिव ११ बजेतिर खाटबाट लडेका थिए । उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा करिब दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।