काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज बस्ने भएको छ ।
आजको बैठकमा केन्द्रिय समितिको पुर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन तथा कार्यविभाजनका विषयमा छलफल हुनेछ । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । यस्तै केन्द्रिय सदस्यको संख्या २ सय ९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ भने २५ प्रतिशत वैकल्पिक केन्द्रिय सदस्य रहने भनिएको छ ।
मनोनित र वैकल्पिक सदस्य पनि चयन गर्न बाँकी छ । महाधिवेशन भएपछि पटक–पटक केन्द्रिय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रिय समितिको पहिलो बैठकले पुष्पकमल दहाल प्रचण्डलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन ।










