images
images

आईजीपी मुद्दाको अन्तिम सुनुवाइ आज, के आउला फैसला ?

  • १९ असार २०७९, आईतवार १०:२४

काठमाण्डौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि ६ दिन सारिएको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैइसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले आफुभन्दा १७ महिना जुनियर एआईजी सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । बैशाख २२ गते न्यायधिश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन् । जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ तीनपटक हेर्दाहेर्दैमा बसिसकेको छ । सो रिटमाथिको अन्तिम सुनुवाई आज हुन लागेको छ । आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाई हुने भएपछि आउने नतिजाप्रति चासो बढेको छ ।

गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए । आज आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलहरूले बहस गर्ने भएका छन् ।