images
images

दोलखाको बोचमा बस दुर्घटनाः दर्जन बढी घाईते

  • १९ असार २०७९, आईतवार १३:३४

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा बस दुर्घटना हुँदा करिब दुई दर्जन घाईते भएका छन् ।
भीनपा ८ बोचमा यात्रुबाहक बस आपसमा ठोक्किँदा २२ जना घाईते भएका हुन् । राजधानी काठमाण्डौँबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको बसमा सवार ७ जना र र विपरित दिशाबाट काठमाण्डौँ जादै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुबाहक बसमा सवार १५ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको पशुपति चौलागाईँ स्मृति अस्पतालमा उपचार भैरहेको छ । यात्रुवाहक बस तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।