images
images

दोलखामा बस दुर्घटनामा परी २२ घाईते, एकको अवस्था गम्भिर (घाईतेको विवरणसहित)

  • १९ असार २०७९, आईतवार १७:००

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकास्थित बोचमा दुई वटा बस आपसमा ठोक्किँदा २२ जना घाईते भएका छन् ।

घाईतेमध्ये एक जनाको अवस्था गम्भिर छ । काठमाडौंबाट मैनापोखरीतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००५ ख ९६९७ नम्बरको बसका चालक शैलुङ गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय पदम बहादुर श्रेष्ठको अवस्था गम्भिर रहेको छ । उनको सदरमुकाम चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । दुर्घटनामा परी वैतेश्वर गाउँपालिकाका ११ जना, भीमेश्वर नगरपालिकाकाका तीन जना, शैलुङ र गौरीशंकर गाउँपालिकाका दुई–दुई जना, कालिञ्चोक गाउँपालिकाका एक जना तथा रामेछापका एक जना घाइते भएका हुन् ।

घाईते मध्ये १७ जना अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजधानी काठमाण्डौँबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको बस र विपरित दिशाबाट काठमाण्डौँ जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुबाहक बस आज दिउँसो भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा आपसमा ठोक्किएको थियो । बस तिव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाईतेको विवरणः

१) शैलुङ गाउँपाकिला वडा नम्बर ३ का ३८ वर्षीय पदम बहादुर श्रेष्ठ
२) शैलुङ गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय ईन्द्र बहादुर तामाङ
३) वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका ३३ वर्षीय दिपक तामाङ
४) वैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुकी २६ वर्षीया देवी खड्का
५) वैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाका २६ वर्षीया सावित्रा बस्नेत
६) वैतेश्वर गाउँपालिका वडा नम्बर ८ का ३० वर्षीय विजय बस्नेत
७) वैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुका २० वर्षीया शिला श्रेष्ठ
८) भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका २७ वर्षीय राम बहादुर भुजेल
९) मेलुङ गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय बाबुराम कार्की
१० वैतेश्वर गाउँपालिका वडा नम्बर ७ का १८ वर्षीय अविशेक नेपाली
११) भीमेश्वर नगरपालिका वडा नम्बर ८ की ५२ वर्षीया गंगादेवी भुजेल
१२) रामेछापका ८४ वर्षीय नर बहादुर खड्का
१३) कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय तिर्थ बहादुर थामी
१४) वैतेश्वर गाउँपालिका वडा नम्बर ८ की ४० वर्षीया शोभा भुजेल
१५) वैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुका २४ वर्षीय जिवन भण्डारी
१६) वैतेश्वर गाउँपालिका वडा नम्बर ८ की २६ वर्षीया बबिता खड्का
१७) वैतेश्वर गाउँपालिका वडा नम्बर ८ की ३० वर्षीया शान्ती श्रेष्ठ
१८) विगु गाउँपालिका वडा नम्बर २ का ६३ वर्षीय भक्त बहादुर केसी
१९) गौरीशंकर गाउँपालिका वडा नम्बर ५ की ४३ वर्षीया सांङ्गीमा शेर्पा
२०) गौरीशंकर गाउँपालिका वडा नम्बर ५ की ४५ वर्षीया डुक्लुमा शेर्पा
२१) वैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुका २१ वर्षीय भुवन खत्री
२२) भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङकी २३ वर्षीया युनु तामाङ