images
images

राष्ट्रिय सहकारी वैंकका अध्यक्ष उप्रेती पक्राउ, वचतकर्ताको अर्बौ रकम जोखिममा पारेको आरोप

  • १९ असार २०८१, बुधबार १९:३०

काठमाडौं । राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दु घर भएका उनलाई आज दिउँसो प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेतीलाई प्रहरीले ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रकम हिनामिना गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिनुभयो । उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन् । उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो ।