images
images

दोलखाको साविक नाम्दु गाविसका पूर्वअध्यक्षको निधन

  • १८ श्रावण २०७९, बुधबार ०७:३४

दोलखा । दोलखाको साविक नाम्दु गाविसका पुर्व अध्यक्षको निधन भएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ७ बेताने निवासी तत्कालीन नाम्दु गाविसका पुर्वअध्यक्ष शान्तबहादुर उप्रेतीको उपचारका क्रममा निधन भएको हो । काठमाडौंको भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी उप्रेतीको टाउकोमा गम्भिर चोट लागेको थियो । घाइते उप्रेतीको काठमाडौं स्थित सुमेरु अस्पतालमा तिन दिनअघि सल्यक्रिया भएको थियो । सल्यक्रियापछि उनको होस आएको थिएन् । उनको बेहोसी अवस्थामै मृत्यु भएको हो । मृतक उनको आज बिहान पशुपति अर्याघाटमा अन्तेष्टि गरिएको छ ।

उप्रेती बैतेश्वर गाउँपालिका वडा नम्बर ७ बेताने निवासी हुन् । उनी साविक नाम्दु गाविसको गाविस अध्यक्ष पनि हुन् ।