जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित लामो समयदेखि स्वास्थ्यकर्मीको अभाव झेलिरहेको जिरी अस्पतालले एकै पटक डाक्टरसहितको ७ जना स्वास्थ्यकर्मी पाउने भएको छ ।
जिरी नगरपालिका मातहत रहेको जिरी अस्पतालमा डाक्टर सहित करारका ७ जना कर्मचारी पदपूर्ति गर्न लागिएको हो । जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार जिरी अस्पतालमा करारमा एक जना एमडिजिपी वा गाइनोलोजिष्ट डाक्टर र ३ जना स्टाफनर्स, २ जना अनमी तथा एक जना ल्याव असिष्टेन्ट राख्न लागिएको छ । अस्पतालमा लोकसेवाबाट २ जना स्टाफनर्स सहितको स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने थियो । तर, लोकसेवाबाट नआउन्जेल सम्मका लागि करारका कर्मचारी राख्न लागिएको हो ।
नगरपालिकाले हिजो सुचना जारी गरी ३ जना स्टाफनर्ससहित एकै पटक १२ जना कर्मचारीको दरखास्त आव्ह्वान गरेको छ । ती मध्ये ६ जना स्वास्थ्यकर्मी जिरी अस्पताल र अन्य ६ जना नगरभित्रकै स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरुको लागि माग गरिएको जनस्वास्थ्य अधिकृत दाहालले बताउनुभयो ।
जिरी अस्पतालमा एक जना डाक्टर राखिने भएपनि डाक्टरको लागि भने दरखास्त माग गरिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यद्धारा हस्ताक्षरित सुचनामा ३ जना स्टाफनर्स, अनमी ४ जना, ३ जना अहेव र ल्याव असिष्टेन्ट १ जना माग गरिएको छ । बढीमा एक वर्ष अर्थात २०८० साल असार मसान्तसम्मका लागि करारमा स्वास्थ्यकर्मीको पदपूर्ति गर्न लागेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जिरी नगरपालिका मातहत रहेको जिरी अस्पतालमा डाक्टर सहित करारका ७ जना कर्मचारी पदपूर्ति गर्न लागिएको हो । जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार जिरी अस्पतालमा करारमा एक जना एमडिजिपी वा गाइनोलोजिष्ट डाक्टर र ३ जना स्टाफनर्स, २ जना अनमी तथा एक जना ल्याव असिष्टेन्ट राख्न लागिएको छ । अस्पतालमा लोकसेवाबाट २ जना स्टाफनर्स सहितको स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने थियो । तर, लोकसेवाबाट नआउन्जेल सम्मका लागि करारका कर्मचारी राख्न लागिएको हो ।
अहेव र अनमी गरी ३ जना कर्मचारी नगरपालिकाको आन्तरिक स्रोतबाट पदपूर्ति गर्न लागिए पनि अन्य स्वास्थ्यकर्मीलाई संघीय सरकारको शसर्त अनुदान र मातृ तथा नव शिशु कार्यक्रम अन्तर्गत तलवभत्ता दिनेगरी राख्न लागिएको छ । विगतका वर्षहरुमा जिरी अस्पतालमा दक्ष जनशक्ति पर्याप्त नहुँदा शल्यक्रिया लगायतका सेवानै रोकिएको थियो । तर, डेढ वर्षदेखि रोकिएको सल्यक्रिया गत आर्थिक वर्ष २०७८ साल फागुन १ गतेबाट सुचारु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवस्तरीय निर्णयवाट गत माघ १७ गते एमडिजिपी डाक्टर देवेन्द्र गौतम र प्रदेश सरकारको सिफारिसमा थप ५ जना स्वास्थ्यकर्मी जिरी अस्पतालमा आएपछि शल्यक्रिया सुचारु भएको थियो ।
पछिल्लो पटक अस्पताललाई आवश्यक जनशक्ति पदपूर्ति गर्दै जाँदा स्थानीयको स्वास्थ्य सम्बन्धी गुनासो पनि हट्दै गएको छ । विगतका वर्षहरुमा शल्यक्रियाका अलवा स–साना स्वास्थ्य समस्या लिएर पनि जिल्ला सदरमुकाम र जिल्ला बाहिर जानुपर्दा जिरी र आसपासका नागरिकहरुले अस्पतालको सेवाप्रति असन्तुष्टी जनाउँदै आएका थिए ।