सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक वुद्धाको हत्या भएको छ ।
सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका वडा–७ खनियाबासकी रत्न कुमारी थापाको हत्या भएको हो । आफ्नै घरमा अज्ञात समुहले नगद, सुन लुटपाट गरी उनको हत्या गरेको पाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक घर भएका बागमती प्रदेशसभा सांसद एवम् माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले घटनाको बारेमा भत्सर्ना गर्दै यस्तो अमानवीय र अपराधिक कार्यले गम्भीर बनाएको बताउनुभयो ।
उहाँले सो घटनामा स्थानीय प्रशासनले अनुसन्धान गरिरहेकोले यस्तो अपराधिक दुश्कार्यप्रति एकमत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।