दोलखा । गत शनिवार रातिको बाढी र पहिरोका कारण अवरुद्ध भएको दोलखा–सिंगटी सडकको झमार्सी सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।
सडक सुचारु नहुँदा जिल्लाको उत्तरी क्षेत्रको सडक सम्पर्क एक सातादेखि बिच्छेद भएको छ । झमार्सी खोलामा आएको बाढीले सडकको ग्याबिन पर्खाल बगाएको र अधिकाँश सडक भासिएका कारण मोटर साइकल लगायतका साना सवारीका साधन बाहेक अन्य यातायातका साधन चल्न नसकेका हुन् । वैकल्पिक सडक मार्ग खुलाउन पनि अनुकूल भुगोल नभएका कारण समस्या भएको छ । सडक अवरुद्ध भएपछि दोलखाको उत्तरी क्षेत्रका बासिन्दालाई यात्रा गर्न कठिन भएको छ भने दैनिक उपभोग्य सामान र निर्माण सामाग्रि समेत ढुवानी हुन सकेको छैन ।
सडक अवरुद्ध भएका कारण यातायातका साधन र एम्वुलेन्स समेत चल्न नसक्दा जिल्लाको उत्तरी क्षेत्रका बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको छ । दोलखा सदरमुकाम चरिकोट र जिल्लाका उत्तरी व्यापारिक बजार सिंगटीलाई जोड्ने सडक एक सातासम्म अवरुद्ध हुँदा दोलखाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
चरिकोटबाट जाने सवारीका साधन सुनखानीको स्याउली बजार र सिंगटीबाट आउने सवारी साधन बन्चरेमा रोकिने गरेका छन् । चरिकोट आउने यात्रुहरु बीचमा रोकिएर सडक अवरुद्ध भएको स्थानबाट हिँडेर बन्चरेबाट यातायातमा जाने र सिंगटीका यात्रु स्याउली बजारबाट यातायातका साधन चढेर चरिकोट आउने गरेका छन् । चरिकोटबाट उत्तरी क्षेत्र लैजाने खाद्यान्न सामाग्रीहरु पल्टी गरेर पु¥याउने गरिएको छ ।
स्वदेशी लगानीको मुलुककै ठूलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजना जान पनि दोलखा–सिंगटी सडककै प्रयोग गर्नु पर्दछ । दोलखाका उत्तरी क्षेत्रमा अहिले पनि दर्जनौ जलबिद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । तर, यही सडक मार्ग हुँदै निर्माण सामाग्रि ढुवानी गर्ने जलबिद्युत आयोजनाहरुले समेत अवरुद्ध सडक सुचारु गराउने बिषयमा चासो दिएका छैनन् ।
दोलखा सदरमुकाम चरिकोट र जिल्लाका उत्तरी व्यापारिक बजार सिंगटीलाई जोड्ने सडक एक सातासम्म अवरुद्ध हुँदा दोलखाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । भासिएको सडक मर्मत सम्हारकालागि सडक डिभिजन कार्यालय दोलखाले ठेक्का आह्वान गरे पनि निर्माणको काम सुरु हुन सकेको छैन । भोलीबाट काम सुरु हुने सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर भरत श्रेष्ठले जानकारी दिनुभयो ।
अवरुद्ध सडक कालिञ्चोक गाउँपालिकाको झर्मासी सडक खण्डमा पर्दछ । भासिएको सडक मर्मत सम्हारकालागि सडक डिभिजन कार्यालय दोलखाले ठेक्का आह्वान गरे पनि निर्माणको काम सुरु हुन सकेको छैन । सडक डिभिजन कार्यालय दोलखाले अबरुद्ध सडक निर्माणका लागि आकस्मिक बोलपत्र आह्वान गरेको छ । कार्यालयले साउन १५ गते ३ दिनको म्याद राखेर बोलपत्र आह्वहान गरेको थियो ।
सडक निर्माणका लागि १२ वटा निर्माण कम्पनिले आवेदन दिएकोमा आधुनिक कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको र भोलीबाट काम सुरु हुने सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले साँढे २० लाखको लागतमा सडक मर्मत सम्हार गर्नुका साथै अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गराउने छ ।
दोलखा–सिंगटी सडकलाई सडक डिभिजन कार्यालय चरिकोटले हेर्दै आएको छ । वर्षाले झमार्सीमा सडक भासिनुका साथै पहिरोले केही भाग बगाउँदा उत्तरी क्षेत्र एकसातादेखि सम्पर्क विच्छेद भएको छ ।