images
images

काठमाडौंको दक्षिणकालीमा गाडी दुर्घटनामा परि गौरीशंकर गाउँपालिकाका दुई महिलाको मृत्यु

  • १९ श्रावण २०८१, शनिबार २०:५४

जिरी (दोलखा) । काठमाडौंको दक्षिणकाली नगरपालिकामा डिआई गाडी दुर्घटना हुँदा दोलखाका दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्मला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङ रहेका छन् । दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा १८ च ५३४४ नम्बरको डिआई गाडी हिजो दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको अल्का अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।