चलचित्र प्रेम गीत ३ मा मुख्य अभिनेता प्रदीप खड्का दुई अवतारमा देखिएका छन्।
राजपरिवारमा जन्मेको पात्र प्रेमको राज योग र प्रेम योगको वरिपरि घुम्ने बताइएको फिल्मको ट्रेलरमा पनि दुवै पाटो देखाइएको छ। प्रदीप एक्सन र रोमान्टिक दुवै अवतारमा देखिएका हुन्। प्रेम गीत ३ को ट्रेलर हिजो सार्वजनिक भएको छ। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। भारतका लागि डिजिटल राइट्स किनेको जि म्युजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। हिन्दी र नेपाली गरी दुई भाषामा डब भएको फिल्म नेपाल, भारतसहित विश्वका विभिन्न देशमा आगामी असोज ७ गतेदेखि प्रदर्शनमा आउँदै छ।










