images
images

भारतमा नेपाली मजदुर सवार बस दुर्घटना, चार नेपालीको मृत्यु

  • १८ भाद्र २०७९, शनिबार १३:५१

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् ।

घाईतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । भारतको बाराबंकि जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपालीको मृत्यु भएको हो । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंपुर गाउँ नजिकै आज ट्रकले ठक्कर दिएको थियो ।दुर्घटनामा परी घाईते भएकाहरुको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार मृतकको ठेगाना खुल्न सकेको छैन । बसको टायर पन्चर भएपछि सडकको छेउमा रोकेर टायर फेर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा परेको बसमा ६० जना नेपाली मजदुर रहेको बताइएको छ ।