images
images

परराष्ट्रमन्त्री राणाले किन भनिन्, ‘आई एम सरी’ ?

  • १८ भाद्र २०८१, मंगलवार १४:५०

काठमाडौँ । राजदुत सिफारिस समावेशी नभएपछि परारष्ट्रमन्त्रीले माफी मागेकी छिन् ।

राजदुत नियुक्तीको विषयमा सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्रमन्त्री आरजु राणाले माफी मागेकी हुन् । प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफमा परराष्ट्रमन्त्रीले माफी मागेकी हुन् । ‘राजदुत नियुक्ती समावेशी भएन, अर्काे नियुक्तीमा दलित र मुस्लिमलाई ल्याउनेछौँ । यसपटक समावेशी भएन, आई एम सरी ।’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि राजदुत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ । समितिको आज बसेको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदुत नियुक्ती सम्बन्धि निर्देशिका २०७५ सम्झाउँदै समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

मन्त्रीपरिषदले राजदुत नियुक्ती सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरेको भन्दै प्रश्न उठ्दै आईरहेको छ । संसदीय सुनुवाई समितिमा पनि राजदुत सिफारिस समावेशी नभएकोबारे सांसदहरुले प्रश्न उठाएका थिए ।