दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी सँस्थाको अध्यक्षमा माधव दाहाल निर्विरोध भएका छन् ।
अर्का उम्मेदवार सिताराम दाहालले उम्मेदवारी फिर्ता लिएपछि माधव दाहाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेपनि बालकुमार दाहालको उम्मेदवारी निर्वाचन समितिले अयोग्य भएको बताएको थियो भने सितारामले उम्मेदवारी फिर्ता लिएका हुन् । यो सँगै वर्तमान अध्यक्ष माधव दाहाल अर्काे कार्यकालका लागि पनि दोहोरिएका छन् । उम्मेदवारी फिर्ताका लागि आजसम्मको समय तोकिएको थियो ।
जनमुखी साकोसको अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । सहकारीको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको संयोजक तथा सदस्य पदमा यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । साकोसको वरिष्ठ उपाध्यक्षमा गाीताकृष्ण शर्मा, महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत, सचिवमा लक्ष्मण चौँलागाई, सहसचिवमा मोहनकुमार खड्का र कोषाध्यक्षमा तोयानाथ दाहाल निर्विरोध भएका हुन् ।
सहकारीका एक दलित जनजाति सदस्य सहित ११ जना सदस्य पनि निर्विरोध निर्वाचित भईसकेका छन् । सुमनकुमार मोक्तान, यज्ञराज खतिवडा, मन्दिरा दाहाल, सुशिला खतिवडा, रमेश बस्नेत, तारादेवी खड्का बस्नेत, प्रेम प्रसाद न्यौपाने, अर्जुन काफ्ले, सावित्रि घिमिरे, कमलप्रसाद चौँलागाई र गिता भुजेल सहकारीको सदस्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सहकारीको लेखा सुपरीवेक्षण समिति संयोजकमा माधवप्रसाद दाहाल तथा सदस्यमा विन्दा पराजुली र केशव प्रसाद दाहाल निर्विरोध भएका छन् । सबै पदमा निर्विरोध निर्वाचित भईसकेपनि औपचारिक घोषणा भने भोली हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार भोली औपचारिक सूचना जारी गरिने निर्वाचन समिति संयोजक एवम् जिल्ला सहकारी सँघका अध्यक्ष देवी शर्माले जानकारी दिनुभयो ।