images
images

दोलखामा मतको विश्लेषणः यी हुन् सवैभन्दा बढी र कम मतदाता भएका वडा

जिरी (दोलखा) । मंसिर ४ गते हुने आम निर्वाचनमा दोलखा जिल्लाका १ लाख ६१ हजार ४ सय ५० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का ८१ हजार १ सय ३३ जना र क्षेत्र नम्बर २ का ८० हजार ३ सय १७ जना गरी कूल १ लाख ६१ हजार ४ सय ५० मतदाताले मतदान गर्न पाउने भएका हुन् । जिल्लाका ९ स्थानीय तह मध्ये सवैभन्दा बढी मतदाता भीमेस्वर नगरपालिकामा र सवैभन्दा कम मतदाता जिरी नगरपालिकामा रहेका छन् । भीमेस्वरमा २७ हजार १ सय २ र जिरी नगरपालिकामा १३ हजार ९ सय ७ जना मतदाता रहेका हुन् ।

मतदाता संख्याले दोश्रो स्थानमा शैलुङ र तेश्रो स्थानमा मेलुङ गाउँपालिका देखिएको छ । शैलुङमा १९ हजार ५ सय २३ र मेलुङ गाउँपालिकामा १८ हजार ८ सय २८ जना मतदाता रहेका छन् । यस्तै, वैतेस्वरमा १७ हजार ५ सय ४३, तामाकोशीमा १५ हजार ९ सय ४८, गौरीशंकरमा १५ हजार ५ सय १८ र बिगु गाउँपालिकामा १४ हजार ४ सय ६४ मतदाता छन् । प्रदेशसभा १ मा मेलुङ र वैतेस्वरमा सवैभन्दा बढी मतदाता छन् भने प्रदेशसभा २ मा भीमेस्वर र शैलुङमा बढी मतदाता रहेका छन् ।

जिल्लाका ७४ वडा मध्ये कतिपय वडामा अन्य वडाको तुलनामा दोव्वर मतदाता देखिएका छन् । सवैभन्दा बढी भीमेस्वर नगरपालिका वडा नम्बर ५ मा ४२ सय ६८ मतदाता रहेका छन् भने सवैभन्दा कम जिरी नगरपालिका वडा नम्बर ५ मा १ हजार २७ जना मात्रै मतदाता छन् । सवैभन्दा कम मतदाता रहेको जिरी नगरपालिकामा सवैभन्दा बढी वडा नम्बर ८ मा १७ सय ६८, वडा नम्बर ७ मा १७ सय ५ र वडा नम्बर २ मा १६ सय ५९ मतदाता छन् ।

वैतेस्वर गाउँपालिकाको वडा नम्बर ३ मा सवैभन्दा बढी २६ सय ६५ मतदाता छन् वैतेस्वरको वडा नम्बर ४ काब्रेमा २४ सय ३ र वडा नम्बर ७ नाम्दुको मतदाता संख्या २ हजार ७८ पुगेको छ । वैतेस्वर वडा नम्बर ५ मा सवैभन्दा कम १८ सय ८४ मतदाता छन् । तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ जफेमा सवैभन्दा बढी २९ सय ६३ मतदाता छन् भने वडा नम्बर ५ सहरेमा २३ सय ९७ र वडा नम्बर ४ मालुमा २३ सय ८८ मतदाता छन् । तामाकोशीमा वडा नम्बर ३, ४ र ५ मा बढी मतदाता छन् । सो गाउँपालिकाको वडा नम्बर ७ हाँवामा सवैभन्दा कम १५ सय ३० जना मतदाता छन् ।

जिल्लाका ७४ वडा मध्ये कतिपय वडामा अन्य वडाको तुलनामा दोव्वर मतदाता देखिएका छन् । सवैभन्दा बढी भीमेस्वर नगरपालिका वडा नम्बर ५ मा ४२ सय ६८ मतदाता रहेका छन् भने सवैभन्दा कम जिरी नगरपालिका वडा नम्बर ५ मा १ हजार २७ जना मात्रै मतदाता छन् । दोलखामा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार वीच प्रतिश्पर्धा हुँदैछ । निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरुले बढी मतदाता भएको वडालाई प्राथमिकतामा राख्न थालेका छन् ।

दोलखाको मेलुङ गाउँपालिकामा १८ हजार १ सय ८१ मतदाता रहेकोमा सवैभन्दा बढी मतदाता वडा नम्बर १ पवटी, वडा नम्बर ४ भेडपु र वडा नम्बर ६ मेलुङमा बढी मतदाता छन् । वडा नम्बर १ मा ४१ सय ६, वडा नम्बर ४ मा ३७ सय २९ र वडा नम्बर ६ मा २४ सय ५८ मतदाता छन् । मेलुङको वडा नम्बर २ सुकाठोकरमा सवैभन्दा कम १८ सय १२ जना मतदाता छन् । यस्तै, गौरीशंकर गाउँपालिका अन्तर्गत वडा नम्बर ५ सुरीमा सवैभन्दा बढी २७ सय ५७ मतदाता रहेका छन् । गौरीशंकरको वडा नम्बर ४ झँयाकुमा १९ सय ८१ र वडा नम्बर ३ मा १९ सय ३९ मतदाता छन् ।

दोलखा प्रदेशसभा २ को भीमेस्वर नगरपालिकाको वडा नम्बर ५, वडा नम्बर ७ र वडा नम्बर २ मा बढी मतदाता छन् । वडा नम्बर ५ मा सवैभन्दा बढी ४२ सय ६८ मतदता छन् भने वडा नम्बर ७ मा ३५ सय ६३ र वडा नम्बर२ मा ३५ सय १७ मतदाता छन् । शैलुङ गाउँपालिकाको वडा नम्बर ८ शैलुङमा सवैभन्दा बढी ३५ सय ३४ मतदाता छन् । सो पालिकाको वडा नम्बर ३ काटाकुटीमा २६ सय ७८ र वडा नम्बर १ मा २५ सय ६० मतदाता छन् । शैलुङका ८ वटा मध्ये ८, ३ र १ नम्वर वडामा बढी मतदाता देखिएका हुन् । शैलुङको वडा नम्बर ५ मा सवैभन्दा कम १७ सय ५१ मतदाता छन् ।

कालिन्चोक गाउँपालिकाको वडा नम्बर २ बाबरे, वडा नम्बर ९ सुन्द्रावती र वडा नम्बर ३ सुनखानीमा बढी मतदाता छन् भने वडा नम्बर ३ लापिलाङमा कम मतदाता छन् । बाबरेमा २८ सय ५६, सुन्द्रावतीमा २७ सय १६, सुनखानीमा २२ सय ७१ र लापिलाङमा १४ सय ७१ जना मतदाता छन् । प्रदेशसभा २ को बिगु गाउँपालिकाको वडा नम्बर ४ लादुकको मतदाता संख्या २७ सय ८ रहेको छ । यो मत सँख्या बिगुका वडाहरु मध्ये सवैभन्दा बढी हो । लादुकपछि वडा नम्बर ५ चिलंखामा २२ सय १८ र वडा नम्बर ३ बुलुङमा १८ सय ३२ मतदाता देखिएका छन् । बिगु गाउँपालिकाको सवैभन्दा कम मतदाता रहेको वडा आलम्पु हो । आलम्पुमा १४ सय ५८ मतदाता छन् ।

दोलखामा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार वीच प्रतिश्पर्धा हुँदैछ । निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरुले बढी मतदाता भएको वडालाई प्राथमिकतामा राख्न थालेका छन् ।