images
images

वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपिओ छुट्याउनुपर्ने व्यवस्था आजदेखि लागु

  • १७ कार्तिक २०७९, बिहीबार १७:४०

काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई संगठित संस्थाहरुले प्राथमिक शेयरमा आरक्षण दिनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था लागु गरेको हो । आजदेखि सो व्यवस्था लागु भएको छ । यो व्यवस्थासँगै अब संगठित संस्थाहरुले सर्वसाधारलाई निष्कासन गर्नुअघि नै १० प्रतिशत आइपिओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्ने भएको छ । वैदेशिक रोजगारमा रहेकाहरुले यसरी छुट्याइएको आइपिओ रेमिट्यान्स बचत खाता मार्फत भुक्तानी गर्नुपर्नेछ । यस्तै रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार सम्बन्धीत व्यक्तिले आफु कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ भने विदेशमा रहेकाले डिम्याट खाता खोल्दा विद्युतीय माध्यमबाट ग्राहक पहिचान विवरण रुजु गराउन सक्नेछन् ।

साथै सिआरएन पनि विद्युतीय माध्यम मार्फत लिन पाउनेछन् । विदेशमा रहेकाले यो आरक्षित कोटामा आइपिओ भरिसकेपछि सर्वसाधारणका लागि छुट्याइएकोमा भने भर्न पाउने छैनन ।