images
images

सिन्धुलीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • १७ कार्तिक २०८०, शुक्रबार ०६:२२

सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नाम, थर र वतन नखुलेकी महिला रहेकी छिन् । दुधौली नगरपालिका ४ एकहटियास्थित मदन भण्डारी लोकमार्गमा काठमाडौँबाट कटारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३–००१ ख ७१२५ नम्बरको यात्रु बाहक बसले ती महिलालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक केशव कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठक्कर दिने बस र चालक उदयपुर कटारी नगरपालिका ४ का ४९ वर्षीय मुखलाल तामाङलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।