images
images

आज भाइटिका पर्व, बिहान ११ः ३७ मा शुभ साइत

  • १८ कार्तिक २०८१, आईतवार ०८:२४

काठमाडौं । नेपालीहरुको दोस्रो महान् चाड तिहारको पाँचौं दिन आज भाइटिका पर्व आज मनाइँदै छ ।

आज दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरेग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगि वा सप्तरंगि टीका लगाएर भाइटिका पर्व मनाइन्छ । दिदी बहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिएको छ ।

दाजुभाईलाई पश्चिम मोहोडा गरेर भाइटिल गाउने गरिन्छ । भाईटिकाको साईत आज बिहान ११ बजेर ३७ मिनटमा रहेको नेपाल पञ्चांक निर्णायक समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यस्तै, तिहार सकिएपछि कार्तिक २२ गते बिहिबार छठ पर्व परेको समितिले जनाएको छ । छठ पर्व विशेषगरी तराई बासीले मनाउने गरेका छन् ।