images
images

दोलखामा प्रत्यक्षतर्फ ६५ हजार मतगणना सम्पन्न

  • १७ मंसिर २०७९, शनिबार १४:०३

जिरी (दोलखा) । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ हालसम्म ६५ हजार बढी मतगणना भएको छ ।

जिल्लामा विहिवारदेखि मतगणना सुरु भएकोमा आज दिउँसो साढे १ बजेसम्म ६५ हजार ९ मतगणना सकिएको हो । जसमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २२ हजार ९ सय ६२ मत गणना हुँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले आफ्नो अग्रता कायमै राखेका छन् । उनले हालसम्म १० हजार ७ सय ३७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ९ हजार ४ सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १ हजार २ सय ६० रहेको छ । यसैगरी, प्रदेशसभा १ पनि गठबन्धनका उम्मेदवार अग्रस्थानमै छन् । हालसम्म १९ हजार ६ सय ३७ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ९ हजार ३ सय ६८ मत पाएका छन् भने उनका निकतम् प्रतिपस्र्धी एमालेका नरबहादुर श्रेष्ठले ७ हजार ९ सय १ मत पाएका छन् । श्रेष्ठ काफ्ले भन्दा १ हजार ४ सय ६७ मतले पछाडि छन् ।

प्रदेशसभा क्षेत्र २ पनि कांग्रेसका उम्मेदवार बर्मा लामाले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका बर्मा लामाले १० हजार ४ सय ७२ मत पाएका छन् भने केसीले ९ हजार ८ सय ३ मत प्राप्त गरेका छन् । लामा र केसीबीचको मतान्तर ६ सय ६९ रहेको छ । दोलखाको प्रदेशभा २ तर्फ हालसम्म २२ हजार ४ सय १० मतणना भएको छ ।

उम्मेदवारहरुको मतपरिणाम