images
images

दोलखामा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता

  • १७ मंसिर २०७९, शनिबार १४:१२

दोलखा । दोलखामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा समानुपातिकतर्फ भने नेकपा एमालेले अग्रता लिएको छ ।

दोलखामा जारी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका मतगणनामा नेकपा एमालेको अग्रता लिएको हो । हालसम्म प्राप्त मतपरिणाम अनुसार प्रतनिधिसभा समानुपातिकतर्फ १३ हजार ४ सय ७९ मत गणना हुँदा नेकपा एमालेले ५ हजार ३ सय २८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३ हजार ९ सय ३६ मतसहित एमालेलाई पछयाइरहेको छ । यस्तै नेकपा माओवादी केन्द्र १ हजार ७ सय ६६ मतसहित तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ७ सय ८४ मत सहित चौथो स्थानमा रहेको छ । एकीकृत समाजवादीले ३ सय ४२ र राप्रपाले ६ सय ५ मत पाएकोे छ ।

यस्तै, दोलखामा प्रदेशसभा समानुपातिकतर्फ पनि नेकपा एमालेले अग्रता लिएको छ । २० हजार ३ सय ३१ मत गणना हुँदा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी ७ हजार १ सय ७१ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ हजार ६ सय ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेकपा माओवादी माओवादी केन्द्रले ४ हजार ३ सय ८४ मत पाएको छ । यस्तै, राप्रपाको १ हजार २ सय १ र नेकपा एकीकृत समाजवादीको ६ सय ४९ मत रहेको छ ।