जिरी (दोलखा) । दोलखा प्रदेशसभा २ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार कांग्रेसका बर्मा लामा र एमालेका भरत केसीबीच कडा प्रतिस्पर्धा भइरहेको हो । हिजोदेखिनै लामा र केसीबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उनीहरुबीच दुवै अघि र पछि हुँदै आएका छन् । थोरै मतको अन्तरले एक जना अघि सर्दा अर्का उम्मेदवार पछि पर्ने गरेको छ भने त्यसको केही समयमै एकले अर्कालाई पछि पार्दै आएको अवस्था छ । कहिले लामा अघि सर्ने गरेका छन् भने कहिले केसी । जसका कारण कसको निरन्तर अग्रता कायम रह्यो भनी एकिन गर्न सक्ने अवस्था छैन ।
प्रदेशसभा २ अन्तर्गत अहिले विगु गाउँपालिकाको मतगणना भइरहेको छ । हालसम्म लामाले ११ हजार ४ सय ६९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी केसीले ११ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् । लामा १ सय ७९ मतले पछाडी छन् ।