images
images

मतपरिणाम अपडेटः समानुपातिकतर्फ एमालेको अग्रता कायमै

  • १७ मंसिर २०७९, शनिबार १७:२३

दोलखा । दोलखामा समानुपातिकतर्फ नेकपा एमालेले मतान्तर बढाउँदै लगेको छ ।

प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता देखिएको हो । हालसम्म प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ १७ हजार ३ सय ६८ मत गणना हुँदा नेकपा एमालेले ६ हजार २ सय ८६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५ हजार ६ सय ५५ मतसहित एमालेलाई पछयाइरहेको छ । यस्तै नेकपा माओवादी केन्द्र २ हजार ५ सय ४३ मतसहित तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ९ सय ४१ मत सहित चौथो स्थानमा रहेको छ । एकीकृत समाजवादीले ४ सय २ र राप्रपाले ६ सय ३५ मत पाएकोे छ ।

यस्तै, प्रदेशसभा समानुपातिकतर्फ पनि नेकपा एमालेकै अग्रता छ । २६ हजार २ सय ८५ मत गणना हुँदा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी ९ हजार ९ सय १ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ हजार ७ सय २२ मत प्राप्त गरेको छ भने नेकपा माओवादी माओवादी केन्द्रले ५ हजार ५ सय ६३ मत पाएको छ । यस्तै, राप्रपाको १ हजार ३ सय ६९ र नेकपा एकीकृत समाजवादीको ९ सय ७१ मत छ ।