images
images

जिरीमा कार्कीलाई शिवाकोटीलाई भन्दा ४४८ बढी मत

  • १७ मंसिर २०७९, शनिबार १७:४७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवारले भन्दा ४ सय ४८ बढी मत पाएका छन् ।

जिरी नगरपालिकाको ९ वटै वडाको अन्तिम परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रका गंगा कार्कीले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले भन्दा ४ सय ४८ मत बढी पाएका हुन् । कार्कीले जिरी नगरपालिकामा ३ हजार ८४ मत पाएका छन् भने शिवाकोटीले २६३६ मत पाएका छन् । जिरीको वडा नम्बर १ मा कार्कीले ३०५, वडा २ मा ४२४, ३ मा २३८, ४ मा २३०, ५ मा २७१, ६ मा ३९७, ७ मा ४३१, ८ मा ४४८ र ९ मा ३३९ मत पाएका छन् । यसैगरी एमालेका शिवाकोटीले वडा नम्बर १ मा २०९, २ मा २६३, ३ मा ३३८, ४ मा ४९५, ५ मा १७७ मत पाएका छन् । यस्तै, वडा–६ मा ३३८, वडा ७ मा ३११, वडा ८ मा १८३ र वडा नम्बर ९ मा ३२२ मत पाएका छन् ।