हेटौँडा । बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ ।
संसदीय सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको हो ।बैठक मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आवहानमा प्रदेशसभा बसेको थियो । नेकपा एमालेले सरकारले कुनै पनि विषयलाई गम्भीरताको साथ नलिएको आरोप लगाएको छ । प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले गरेका कामहरु प्रदेशवासीको हितमा नभएको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको आरोप छ । बैठकमा कुनै पनि विषयमा गहन छलफल नभएको, पूर्वाधार विकास कार्यक्रममा सबै क्षेत्रलाई समेट्ने लिखित सहमतिको बेवास्ता गरेको लगायतका विषयमा एमाले असन्तुष्ट रहेको थपलियाले बताउनुभयो ।
यस्तै, एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण खनालले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहिन भएको बताउनुभयो ।










