काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच मंगलबार द्धिपक्षीय औपचारिक भेटवार्ता हुँदैछ ।
ग्रेट हल अफ पिपल मा हुने भेटवार्तामा द्धिपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छयाङ तथा चिनियाँ जनकंगे्रसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग आजै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ ।
चिनियाँ नेतृत्वले चिनियाँ जनमुुक्ति सेनाको गार्ड अफ अनर सहित प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमवार चीन प्रस्थान गर्नुभएको थियो ।