जिरी (दोलखा) । दोलखाको शैलुङ गाउँपालिकाका एक युवकको कुटपिटबाट गम्भिर घाइते भएका दोरम्बा शैलुङका एक पुरुषको मृत्यु भएको छ ।
शैलुङ गाउँपालिका – २ भुसफेदाका २८ वर्षीय सोनाम तामाङको कुटपिटबाट रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका ५३ वर्षीय काजि मोक्तानको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका मोक्तानको काठमाडौंको केएमसी अस्पतालमा हिजो उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।
यही मंसिर १३ गते तामाङले मापसे सेवन गरी मोक्तान माथि कुुटपिट गरेका थिए । उनीे अहिले प्रहरीको हिरासतमा छन् ।