काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
पत्रकार महासंघले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार मङ्सिर २१ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । यस्तै मंसिर २२ गते उम्मेदवारको मनोनयन फिर्ता लिन सक्नेछन् भने त्यही दिन बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान चल्नेछ ।
प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई आग्रह समेत गरेको छ ।