दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
गाउँपालिकामा आईतवार भएको उपनिर्वाचनमा उम्मेदवारी दिएका १६ जनामध्ये १३ जनाको धरौटी रकम जफत भएको हो । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी नेकपा एस, राप्रपा, जसपा लगायतका दल र स्वतन्त्र उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
उपनिर्वाचनमा प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसबाहेक अन्य सबैको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकृत माधबप्रसाद सुवेदीले जानकारी दिनुभयो । धरौटी जफत हुने राजनीतिक दल राप्रपाले ११८, रास्वपाले १००, नेकपा एसले ९० र जसपाले २३ मत पाएको छ । अन्य स्वतन्त्र उम्मेदवारहरुले भने ५ मत पनि कटाउन सकेका छैनन् ।
सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी रकम जफत हुने प्रावधान छ । गौरीशंकरमा ७ हजार ४८० मत सदर भएको थियो ।
उपनिर्वाचनमा प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसबाहेक अन्य सबैको धरौटी जफत भएको छ । गौरीशंकरमा ७ हजार ४८० मत सदर भएको थियो । गाउँपालिकामा ७ हजार ५९० मत खसेकोमा ११० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
यसैबीच, दोलखाको गौरीशंकर गाउँपालिकामा भएको उपनिर्वाचनमा ११० मत बदर भएको छ ।
गाउँपालिकामा ७ हजार ५९० मत खसेकोमा ११० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ५ सुरी र वडा नम्बर ६ चंखुमा सबैभन्दा बढी ४२ मत बदर भएको छ भने सबैभन्दा कम वडा नम्बर १ र २ जुँगुमा १७ मत बदर भएको छ । सुरी र चंखुमा २१३२ मत खसेकोमा ४२ मत बदर भएको छ भने जुँगुमा १५६६ मत खसेकोमा १७ मत बदर भएको कार्यालयले जनाएको छ ।गौरीशंकरको वडा नम्बर ३ र ४ झ्याँकुमा १७९८ मत खसेकोमा २१ मत बदर भएको छ ।
यस्तै, वडा नम्बर ७ मार्बु, ८ खारे र ९ गौरीशंकरमा ३० मत बदर भएको छ । तीनवटा वडामा २ हजार ९४ मत खसेको थियो । गौरीशंकरमा १५ हजार ७ सय १८ मतदाता रहेकोमा ७ हजार ५ सय ९० जना मतदाताले मतदान गरेका थिए ।