images
images

राष्ट्रिय सभा निर्वाचन : कुन दलका उम्मेदवार को-को? [सूचीसहित]

  • २० पुष २०७८, मंगलवार ०९:२२

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी रहेको छ। सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ।

उक्त निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन्।

कुन दलबाट को उम्मेदवार?

कांग्रेसका उम्मेदवार
प्रदेश १: गोपाल बस्नेत
बागमती प्रदेश: कृष्ण प्रसाद पौडेल
गण्डकी प्रदेश: कमला पन्त
लुम्बिनी प्रदेश: युवराज शर्मा
कर्णाली प्रदेश: दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम प्रदेश: नारायणदत्त मिश्र

नेकपा एमाले उम्मेदवार

प्रदेश-१: देवराज घिमिरे, सुमित्रा भण्डारी, सोनाम गेल्जेन शेर्पा
प्रदेश-२: असर्फी भिनवार यादव, बिना साह
बागमती: गोपाल शाक्य, निरकुमारी कुँवर (निरु) दर्लामी
गण्डकी: पुण्यप्रसाद पौडेल, लीला पोखरेल थनेट, गोविन्दबहादुर नेपाली
लुम्बिनी: रामदयाल गुप्ता, भारती खनाल, कृष्णबहादुर सुनार
कर्णाली: चूडामणि शर्मा, गंगा थापा महत, पदमबहादुर माझी
सूदुरपश्चिम: डिल्लीराज भट्ट, सन्तोषकुमारी शर्मा, नरेश बिक

माओवादीबाट तय भएका उम्मेदवार
प्रदेश २: उर्मिला अर्याल
गण्डकी प्रदेश: सुरेश आलेमगर, भरत सुनार
कर्णाली प्रदेश: नरबहादुर विष्ट
सुदूरपश्चिम प्रदेश: जगत पार्की

नेकपा एकीकृत समाजवादीबाट तय भएका उम्मेदवार

प्रदेश १: जयन्ती राई
बागमती प्रदेश: गोमा तिमल्सिना
लुम्बिनी प्रदेश: राज्यलक्ष्मी गैरे
कर्णाली प्रदेश: उदय बोहोरा
सुदूरपश्चिम प्रदेश: मदन कुमारी शाह (गरिमा)

जनता समाजवादी पार्टीबाट तय भएका उम्मेदवार
प्रदेश १: हेमराज राई
प्रदेश २: मो. खालिद सिद्दीकी

राष्ट्रिय जनमोर्चाबाट तय भएका उम्मेदवार
लुम्बिनी प्रदेश: तुल बहादुर बिक