images
images

माओवादी महाधिवेशनको ४५ बुँदे समसामयिक प्रस्ताव: एमसीसी पारित नगरियोस् [प्रस्तावसहित]

  • २० पुष २०७८, मंगलवार १०:५५

नेकपा (माओवादी केन्द्र) ले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगर्न आग्रह गरेको छ । आठौं महाधिवेशनबाट प्रस्ताव पारित गर्दै माओवादीले सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल रहेको ठहरसमेत गरेको छ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस,’ प्रस्तावमा भनिएको छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

यस्तो छ माओवादीको ४५ बुँदे समसामयिक प्रस्तावः