images
images

सैनिक प्रवक्तामा सहायक रथी नारायण सिल्वाल नियुक्त

  • २० पुष २०७८, मंगलवार ११:१५

नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझ-बुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोष वल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।