images
images

गौरीशंकर संरक्षण क्षेत्रभित्र ८२ वटा होमस्टे, कोरोना माहामारी हटेपछि पुनः सञ्चालन

  • २० पुष २०७९, बुधबार ०६:५६

जिरी (दोलखा) । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) क्षेत्रभित्र सञ्चालित होमस्टे कोरोना महामारी हटेपछि पुनः लयमा सञ्चालन हुन थालेका छन् ।

जिक्याप क्षेत्रभित्र दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा गरी ८२ वटा होमस्टे सञ्चालनमा रहेकोमा कोरोना माहामारीका कारण ठप्प हुन पुगेको थियो । तर, माहामारीपछि होमस्टे पुनः सञ्चालनमा आएको छ । दोलखामा कोरोना संक्रमणको पहिलो र दोस्रो लहर सुरु भएपछि जिक्याप क्षेत्रभित्र विभिन्न स्थानमा सञ्चालन भएका होमस्टे बन्द हुने अवस्थामा पुगेकोे थियो । कोरोनाको प्रभाव हटेपछि पर्यटकहरुको आगमन बढेसँगै होमस्टे सञ्चालन भएको गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप) का सुचना अधिकारी तुलसी दाहालले जानकारी दिनुभयो । आफ्नो क्षेत्रमा स्थानीयले सञ्चालनमा ल्याएको होमस्टेको लागि जिक्यापले पनि आवश्यक सामाग्री सहयोग गरेको छ ।

जिक्याप अन्तर्गत दोलखाको जिरी नगरपालिकाको श्यामामा ५, गौरीशंकर गाउँपालिकाको चंखु, मार्बु र सुरीमा २८, विगु गाउँपालिकाको लामाबगर, आलम्पु, विगु र गोंगर डाँडामा गरी २२ वटा तथा कालिञ्चोक गाउँपालिकामा ३ वटा सञ्चालनमा छन् । यसैगरी, रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा १० र उमाकुण्ड गाउँपालिकाको गुम्देलमा ५ तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको लिस्तीमा ५ र तातोपानीको दुगुना गढीको १० घर गरी १५ घरमा होमस्टे सञ्चालन छ ।

जिक्याप क्षेत्रभित्र दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा गरी ८२ वटा होमस्टे सञ्चालनमा रहेकोमा कोरोना माहामारीका कारण ठप्प हुन पुगेको थियो । तर, माहामारीपछि होमस्टे पुनः सञ्चालनमा आएको छ । कोरोनाको प्रभाव हटेपछि पर्यटकहरुको आगमन बढेसँगै होमस्टे सञ्चालन भएको गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप) का सुचना अधिकारी तुलसी दाहालले जानकारी दिनुभयो । ग्रामीण पर्यटन विकास कार्यक्रमलाई जोड दिँदै स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने उद्धेश्यले र बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होमस्टे सञ्चालनका लागि स्थानीयलाई सहयोग गरेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरक्षण क्षेत्रको विभिन्न स्थानमा २०६९ सालदेखि होमस्टे सञ्चालन सुरु गरिएको थियो । त्यसपछि विस्तारै थप विस्तार हुँदै गएको हो । २०६९ सालदेखि यी क्षेत्रमा होमस्टे सञ्चालनमा आएपनि नेपालमा कोरोना महामारी फैलिएपछि खास प्रभावकारी हुन सकेन । तर, अहिले गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्न आउने पर्यटकहरुका लागि होमस्टे पुनः सुचारु गरिएको सुचना अधिकारी दाहालले बताउनुभयो । होमस्टे खुलेपछि हाल आन्तरिक तथा केही बाह््य पर्यटकहरु आउन थालेका छन् ।

कोरोनाका कारण केहि समय होमस्टे बन्द भएपनि अहिले भने सञ्चालन भइरहेको विगु गाउँपालिका १ लामाबगरका होमस्टे सञ्चालक सोनाम शेर्पाले बताउनुभयो । होमस्टेमा विदेशी पर्यटक नआएपनि आन्तरिक पर्यटकहरु भने फाट्फुट्ट आइराख्ने उहाँले बताउनुभयो । यद्यपी, गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्न आउने विदेशी केहि पर्यटकहरु भने होमस्टेमा बास बसेर जाने गरेको उहाँको भनाई छ । गौरीशंकर गाउँपालिका ७ ल्वाङसा मार्बुका होमस्टे सञ्चालक लानुरो शेर्पाले भने होमस्टे सञ्चालन भएपनि खास प्रभावकारी हुन नसकेको बताउनुभयो ।

कोरोना महामारी अघि होमस्टे राम्रो सञ्चालन भएपनि अहिले भने प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छैनन् । होमस्टेहरुमा पर्यटकलाई अर्गानिक खाना खुवाउने, सांस्कृतिक कार्यक्रमहरु देखाउने लगायतका सेवा सुविधा दिइने गरेको छ । ग्रामीण पर्यटन विकास कार्यक्रमलाई जोड दिँदै स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने उद्धेश्यले र बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होमस्टे सञ्चालनका लागि स्थानीयलाई सहयोग गरेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।